NIMB Header 2
Nepal Life

काठमाडौँ प्रशासनको अल्टिमेटम: नदी किनाराका अवैध संरचना आज ७ बजेसम्म खाली गर्न निर्देशन

NMB Bank
  • आयुस बस्नेत
  • 2026 Apr 24 16:58
काठमाडौँ प्रशासनको अल्टिमेटम: नदी किनाराका अवैध संरचना आज ७ बजेसम्म खाली गर्न निर्देशन
United Ajod

काठमाडौँ, वैशाख ११ — जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारामा सार्वजनिक, सरकारी तथा पर्ति जग्गा अतिक्रमण गरी बनाइएका घरटहराहरू आज साँझ ७ बजेसम्म खाली गर्न आग्रह गरेको छ।

Shikhar
Nepal Life
NIMB

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी अत्यन्त जरुरी सूचनामा नदीको बहाव, सहरी पूर्वाधार र सार्वजनिक आवागमनमा असर पार्ने गरी बसोबास गरिएका सबै संरचना तत्काल हटाउन भनिएको छ।

घरटहरामा बसोबास गर्ने व्यक्तिहरूले आफ्ना निजी सरसामान, लत्ताकपडा तथा पशुपन्छी सुरक्षित स्थानमा सार्न पनि प्रशासनले निर्देशन दिएको छ। आफैँ हटाउन नसक्ने अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी वा महानगरीय प्रहरीलाई सहयोगका लागि सम्पर्क गर्न आग्रह गरिएको छ।

सूचनामा अपाङ्गता भएका व्यक्ति, बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा तथा बिरामीलाई प्राथमिकताका आधारमा सुरक्षित स्थानमा सार्न विशेष आग्रह गरिएको छ।

प्रशासनले वैशाख १२ गते बिहान ६ बजेदेखि ती संरचना भत्काउने र अतिक्रमित जग्गा खाली गर्ने कार्य सुरु हुने जनाएको छ। अवरोध सिर्जना गरेमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।

साथै, सुरक्षित व्यवस्थापन भएपछि वास्तविक भूमिहीन सुकुम्बासीहरूको लगत संकलन र छानबिन प्रक्रिया सुरु हुने तथा आगामी १०–१५ दिनभित्र बसोबास व्यवस्थाको तयारी भइरहेको पनि सूचनामा उल्लेख छ।

प्रशासनले सूचनाको अवज्ञा भएमा हुने क्षति र संरचना भत्काउने जिम्मेवारी स्वयं अटेर गर्ने व्यक्तिमाथि रहने स्पष्ट पारेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया