NIMB Header 2
Nepal Life

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट सञ्चालन

NMB Bank
  • BFIS News
  • 2026 Apr 24 16:48
धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट सञ्चालन
United Ajod

काठमाडौँ, वैशाख ११ — धादिङ, नुवाकोट र रसुवा जाने सार्वजनिक सवारीसाधन अबदेखि गोँगबुस्थित नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन्।

 

Shikhar
Nepal Life
NIMB

यसअघि माछापोखरी र बालाजु आसपास सडक किनारबाट सञ्चालन हुँदै आएका यी रुटका बसहरू आजदेखि नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन हुन थालेका हुन्।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा गत मङ्गलबार बसेको सरोकारवाला निकायको बैठकले उपत्यकाभित्रका सबै सार्वजनिक सवारीसाधन नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार तीन दिनभित्र बसहरूलाई बसपार्क भित्र सार्ने व्यवस्था गरिएको हो।

वि.सं. २०५६ मा सञ्चालनमा आएको नयाँ बसपार्कबाट अधिकांश लामो दूरीका सवारीसाधन सञ्चालन हुँदै आएका थिए। तर धादिङ, नुवाकोट र रसुवाका बसहरू भने लामो समयदेखि माछापोखरी क्षेत्रमै काउण्टर र पार्किङ राखेर सञ्चालन हुँदै आएका थिए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बसहरू सडक किनारमै पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको थियो। लामो दूरीका सवारीसाधन चक्रपथ हुँदै आवतजावत गर्दा जाम बढ्ने समस्या पनि देखिएको प्रहरीले जनाएको छ।

नयाँ व्यवस्थासँगै चक्रपथ वरपरको ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ।

नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका अनुसार उक्त रुटका सवारीसाधनका लागि छुट्टै ट्रयाक र टिकट काउण्टरको व्यवस्था गरिएको छ।

यातायात कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा करिब २० लाख सवारीसाधन सञ्चालनमा छन्। सवारीसाधनको संख्या बढ्दै जाँदा र सडक विस्तार नहुँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया