NIMB Header 2
Nepal Life

एभरेष्ट बैंकको मुनाफा ३ अर्ब ३२ करोड ९३ लाख आर्जन, खुद व्याज आम्दानीमा सुधार

NMB Bank
  • BFIS News
  • 2026 Apr 27 11:14
एभरेष्ट बैंकको मुनाफा ३ अर्ब ३२ करोड ९३ लाख  आर्जन, खुद व्याज आम्दानीमा सुधार
United Ajod

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य रूपमा घटेको देखिन्छ।

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७१ प्रतिशतले कम हो। गत वर्षको यही अवधिमा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि इम्पेरमेन्ट चार्जमा उल्लेखनीय वृद्धि भएका कारण बैंकको खुद नाफामा गिरावट आएको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३३ प्रतिशतले बढेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी ३२.४९ प्रतिशतले वृद्धि भएको छ। साथै, बैंकको कुल सञ्चालन आम्दानी ९.२२ प्रतिशतले बढेको छ। तर, इम्पेरमेन्ट चार्ज २७ करोड २९ लाख रुपैयाँबाट बढेर ७७ करोड ७३ लाख रुपैयाँ पुगेकाले सञ्चालन मुनाफा ३.५३ प्रतिशतले घटेको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि कमी आएको छ। समीक्षा अवधिमा यस्तो आम्दानी ३ रुपैयाँ २६ पैसा घटेर ३२ रुपैयाँ ३५ पैसामा सीमित भएको छ। चैत मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य-आम्दानी अनुपात २१.५८ गुणा रहेको छ।

उक्त अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ३४ पैसा रहेको छ।

१३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ७९ करोड रुपैयाँ सञ्चित रहेको छ। चैत मसान्तसम्ममा बैंकले ३ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया