NIMB Header 2
Nepal Life

व्यवसायीको पक्राउ सँगै शेयर बजारमा कारोबार रकममा ठुलो गिरावट

NMB Bank
  • BFIS News
  • 2026 Apr 27 15:15
व्यवसायीको पक्राउ सँगै शेयर बजारमा कारोबार रकममा ठुलो गिरावट
United Ajod

काठमाडौं। सरकारले ठुला घरानाका व्यवसायी तथा व्यापारीहरुलाई पक्राउ गरे सँगै शेयर बजारको कारोबार रकममा ठुलो गिरावट आएको छ। सरकारले लगातार व्यवसायीलाई पक्राउ गरे सँगै कारोबार रकम सँगै सूचकमा पनि गिरावट आएको हो। 

Shikhar
Nepal Life
NIMB

सरकारले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ गरे सँगै उद्योगी व्यवसायीहरुमा त्रास फैलिएको छ। सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दामा व्यवसायी दीपक भट्टलाई १९ चैतमा पक्राउ गरेको थियो । उनको पक्राउ सँगै केहि ब्रोकर कम्पनीहरु पनि अनुसन्धानका लागि पक्राउ भएका छन्। शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरेको थियो। 

साताको पहिलो कारोबार दिन आज नेप्से सूचक ७.७३ अंकले सुधार देखिएको छ। नेप्से सूचक २७९६.४३ अंकमा बन्द भएको छ। आज कारोबार रकम ४ अर्ब ७४ करोड रुपैयाँको मात्रै भएको छ। १५७ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १०२ को मूल्य घटेको छ। चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

व्यवसायीहरु पक्राउ सँगै उनिहरुको कारोबार रकम घटेको छ। अहिले सरकारको धरकपट सँगै उद्यमीहरुले कारोबार बन्द गरेका छन्। यद्यपी नेपालको शेयर बजार निश्चित समुहको परिधि भित्र मात्रै छैन। यसले गर्दा कारोबार रकम ४ अर्ब भन्दा माथि भइरहेको छ। यदि सरकारले यस्तै कदम अपनाइरहने हो भने उद्यमी व्यवसायीले आफ्नो लगानी विस्तार नगर्ने जनाइकसेका छन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया