NIMB Header 2
Nepal Life

धौलागिरी लघुवित्तमा हेमराज जोशी सीईओ नियुक्त

NMB Bank
  • BFIS News
  • 2026 Apr 27 14:45
धौलागिरी लघुवित्तमा हेमराज जोशी सीईओ नियुक्त
United Ajod

काठमाडौं। धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हेमराज जोशी नियुक्त भएका छन्। संस्थाको बैशाख १४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सोही दिनदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

यसअघि संस्थाले २०८२ मंसिरमा शिवराज जोशीलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको थियो। तर, उनले दिएको राजीनामा कम्पनी सञ्चालक समितिको चैत ११ गते बसेको बैठकले स्वीकृत गरेको थियो। उनको राजीनामा सोही मितिदेखि लागू हुने गरी अनुमोदन गरिएको हो।

नवनियुक्त सीईओ हेमराज जोशी यसअघि २०८१ कार्तिकमा नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा बढुवा भएका थिए। संस्थाभित्र लामो अनुभव बटुलेका जोशीको नेतृत्वमा कम्पनीको व्यवस्थापन र सेवा विस्तारमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया