स्नो रिभर्स लिमिटेडको आईपीओ बैशाख २९ देखि सर्वसाधारणका लागि खुल्ने
- BFIS News
- 2026 Apr 27 12:07
काठमाडौं स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता स्थानीय बासिन्दा र ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको शेयर बाँडफाँट गरिसकिएको छ। साथै ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोष तथा १८ हजार ७५० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको शेयर पनि वितरण भइसकेको कम्पनीले जनाएको छ।
अब कम्पनीले दोस्रो चरणअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबर हुनेछ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गतेसम्म खुला रहनेछ।
कम्पनीको वित्तीय अवस्थाको मूल्यांकन गर्दै इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
स्नो रिभर्स लिमिटेडले १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि ३१ वर्ष २ महिना बाँकी रहेको कम्पनीले जनाएको छ। साधारण लगानी फिर्ता अवधि ८.१७ वर्ष तथा छुट दरमा लगानी फिर्ता अवधि १५.७७ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)
-(1).jpeg)




प्रतिक्रिया