सशस्त्र प्रहरीको १३औँ आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
- BFIS News
- 2026 Apr 27 16:40
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सशस्त्र प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
हाल सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकस्थित मानव स्रोत विभागका प्रमुखको जिम्मेवारी सम्हालिरहेका पौडेलले आगामी १८ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्नेछन्।
वर्तमान आईजीपी राजु अर्याल आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाशमा जाने भएकाले त्यसपछि पौडेलले नेतृत्व सम्हाल्ने तयारी गरिएको हो।
नयाँ नेतृत्वसँगै सशस्त्र प्रहरी बलको संगठनात्मक सुधार, सुरक्षा व्यवस्थापन तथा सीमाक्षेत्रको निगरानी थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)
-(1).jpeg)




प्रतिक्रिया