NIMB Header 2
Nepal Life

नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन सम्बन्धी 'रोड शो' सम्पन्न

NMB Bank
  • BFIS News
  • 2026 Apr 27 19:02
नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन सम्बन्धी 'रोड शो' सम्पन्न
United Ajod
Shikhar
Nepal Life
NIMB

'रोड शो' कार्यक्रममा संस्थागत लगानीकर्ताहरूले मूल्य निर्धारण, माग तथा मूल्याङ्कन सम्बन्धी आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए । प्रस्तुति तथा छलफल मार्फत नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले वर्तमान सञ्चालन अवस्था, वित्तीय कार्य सम्पादन, रणनीतिक दिशा तथा भविष्य विस्तार योजनाबारे विस्तृत जानकारी प्रदान गरेका थिए ।

उक्त अन्तरक्रियाले संस्थागत लगानीकर्ताहरुमा अस्पतालको दिगो विकास र सेवा सम्बन्धी सम्भावनाबारे स्पष्ट बुझाइ दिन सफल भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक (LS Capital) लक्ष्मी सनराईज क्यापिटलले 'रोड शो' कार्यक्रममा मूल्याङ्कन पद्धति, मूल्य निर्धारणका आधारहरू, मागको विश्लेषण, बुक-बिल्डिङ संरचना तथा नियामक प्रावधान सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेको थियो । सहभागी लगानीकर्ताहरूले प्रस्तुत गरिएको मूल्य खोजी प्रक्रिया पारदर्शी, व्यावसायिक तथा विश्वास योग्य रहेको धारणा व्यक्त गरेका थिए ।

यस कार्यक्रमको सफल सम्पन्नताले नेपालको पुँजी बजारमा बुक-बिल्डिङ प्रक्रियालाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण योगदान पुगेको विश्वास लिइएको छ। यसले पारदर्शी, बजार-आधारित मूल्य खोजी प्रक्रिया र सूचित संस्थागत सहभागितालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

बुक-बिल्डिङ प्रक्रियाको आगामी चरण 'रोड शो' कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको सन्दर्भमा, योग्य संस्थागत लगानीकर्ता (QII) हरूले आफूले खरिद गर्न चाहेको शेयर संख्या तथा प्रस्तावित अभिप्रेत मूल्य (Intent Price) शिल बन्द (Sealed) खाममा ५ कार्य दिनभित्र अर्थात् वि.सं. २०८३ साल वैशाख २१ गते ५ बजे भित्र आवश्यक कागजात सहित आशय पत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (NEPSE) मा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको बुक-बिल्डिङ 'रोड शो' मा सक्रिय सहभागिता, मूल्यवान सुझाव र निरन्तर सहयोग प्रदान गर्ने सबै संस्थागत लगानीकर्ताहरूप्रति धन्यवाद व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया