पुँजी बजार सुधारमा स्थितिपत्रको जोड, दोस्रो बजारमा पारदर्शिता र स्थिरता आवश्यक: अर्थमन्त्री वाग्ले
- BFIS News
- 2026 Apr 27 19:20
स्थितिपत्रअनुसार २०८२ फागुनसम्म पुँजी बजारमा २८६ कम्पनी सूचीकृत रहेका छन्। दोस्रो बजार कारोबारमा इक्विटीको हिस्सा अत्यधिक रहँदै ९९.४ प्रतिशत पुगेको उल्लेख गरिएको छ। यद्यपि, सरकारी ऋणपत्रहरू सूचीकृत गर्ने व्यवस्था भए पनि ती उपकरणहरूको दोस्रो बजार कारोबार भने प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन।
अर्थमन्त्री वाग्लेले पुँजी बजारको गहिराइ बढाउन ऋणपत्र बजारको विकासमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। साथै, गैरआवासीय नेपाली (NRN) लगानी भित्र्याउने, उत्पादनमूलक क्षेत्रका कम्पनीलाई बजारमा प्रवेश गराउने तथा कानुनी र नीतिगत सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
तथ्यांकअनुसार २०७३ असारमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादन (GDP) को ७२.५ प्रतिशत रहेकोमा २०८२ फागुनसम्म आइपुग्दा ७७.७ प्रतिशत पुगेको छ। यसैगरी, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको बजार पुँजीकरणमा हिस्सा २०७३ असारमा ८५ प्रतिशतभन्दा बढी रहेकोमा हाल घटेर ५२.२ प्रतिशतमा सीमित भएको छ, जसले बजारमा क्षेत्रगत विविधीकरण बढ्दै गएको संकेत गर्छ।
सरकार गठनअघि २०८२ चैत ११ गते NEPSE Index २,९५०.१६ बिन्दुमा रहेको थियो। अर्थमन्त्रीले दोस्रो बजारमा स्थायित्व कायम गर्न पारदर्शिता र विश्वसनीयता अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै तत्काल आवश्यक कानुनी सुधार अघि बढाउनुपर्ने बताएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











-(1).jpeg)
.jpg)





प्रतिक्रिया