NIMB Header 2
Nepal Life

बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, तरलता व्यवस्थापनका लागि कदम

NMB Bank
  • BFIS News
  • 2026 Apr 29 12:09
बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, तरलता व्यवस्थापनका लागि कदम
United Ajod

काठमाडौँ ।  बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंक ले पुनः निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ।

Shikhar
Nepal Life
NIMB

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन प्रक्रियामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म प्रस्ताव पेश गर्न सक्नेछन्। प्रस्ताव रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी निर्धारण गर्नुपर्नेछ।

बोलकबोल ब्याजदरका आधारमा हुनेछ र बहुब्याजदरमा समेत प्रस्ताव दिन सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र सहभागी हुन अनुमति दिइएको छ।

राष्ट्र बैंकले प्रयोग गर्न लागेको यो ४९ दिने निक्षेप संकलन उपकरणअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज आगामी असार ३ गते भुक्तानी गरिने जानकारी दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया