NIMB Header 2
Nepal Life

एभरेष्ट कलरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

NMB Bank
  • BFIS News
  • 2026 Apr 29 14:39
एभरेष्ट कलरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला
United Ajod

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आजदेखि खुला गरेको छ। कम्पनीले वैशाख १६ गतेदेखि २२ गतेसम्म उक्त वर्गका लगानीकर्तालाई लक्षित गरी ७९ हजार कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीका अनुसार माग पर्याप्त नपरेमा यो अवधि वैशाख ३० गतेसम्म लम्ब्याउन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

एभरेष्ट कलर लिमिटेडको जारी पुँजी ३० करोड रुपैयाँ रहेको छ। सो मध्ये २६.३३ प्रतिशत अर्थात् ७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको हो भने बाँकी ७ लाख ११ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

कम्पनीको सार्वजनिक निष्कासन व्यवस्थापकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। यसैबीच, केयर रेटिङ्स नेपाल लिमिटेडले एभरेष्ट कलर लिमिटेडको इश्यूअर रेटिङ ‘CARE-NP BB (Is)’ मा स्तरोन्नति गरेको छ, जुन यसअघि ‘CARE-NP BB- (Is)’ थियो। उक्त रेटिङले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

एभरेष्ट कलर लिमिटेड सन् २०११ मे ५ मा निजी कम्पनीका रूपमा स्थापना भई सन् २०२४ जुन २४ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीले बाहिरी तथा भित्री इमल्सन पेन्ट, प्राइमर, इनामेल पेन्ट, काठ तथा धातुका प्राइमर, एक्रेलिक डिस्टेम्पर, एलुमिनियम तथा सुनका पेन्ट, सिमेन्ट पेन्ट, फ्लोर कोटिङ तथा औद्योगिक पेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ। चितवनको टुङ्गारा–३ मा यसको उत्पादन केन्द्र रहेको छ र कम्पनी एक दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया