NIMB Header 2
Nepal Life

बजेटको पुर्वसन्धयामा शेयर बजारमा लगातार गिरावट 'लगानीकर्ताले भन्न थाले चुपचाप घण्टी छाप पोर्टफेलियो पत्तासाफ'

NMB Bank
  • BFIS News
  • 2026 Apr 29 15:38
बजेटको पुर्वसन्धयामा शेयर बजारमा लगातार गिरावट 'लगानीकर्ताले भन्न थाले चुपचाप घण्टी छाप पोर्टफेलियो पत्तासाफ'
United Ajod

काठमाडौं। बजेटको पुर्वसन्ध्यामा शेयर बजारमा लगातार गिरावट देखिएको छ। शेयर बजारमा सूचक मात्रै नभएर कारोबार रकम पनि घटिरहेको छ। लगानीकर्ताले बालेन रवि को सहकार्यले मुलुकमा समृद्धि आउने ठुलो आशा गरेका थिए। तर सरकारको प्रारम्भिक कदमलाई लिएर जनतामा भने ठुलो निरासा छाएको छ। केहि स्टनबाजी काम भइरहे पनि आर्थिक समृद्धि र सर्भिस डेलिभरीका क्षेत्रमा सरकारले जनताको आकांक्षा अनुरुपको काम भने गर्न सकिरहेको छैन।

Shikhar
Nepal Life
NIMB

अर्को तर्फ जव बालेन सरकारको निर्माण भयो र यसले पहिलो चरणमै प्रतिशोध र उद्यमी व्यापारीहरुलाई सम्पत्ती सुद्धिकरणको नाममा धरकपट गर्न थाल्यो यसले शेयर बजारमा लगातार गिरावट आइरहेको छैन। यस सँगै शेयर बजारका ठुला लगानीकर्ताले आफ्नो कारोबार ठप्प पारेका छन्। जसले गर्दा ३० अर्ब भन्दा माथिको कारोबार हुने स्तरमा पुगेको शेयर बजारमा आज वुधबार ४ अर्ब ९८ करोडमा सिमित भएको छ। 

यहि सन्दर्भलाई लिएर लगानीकर्ताले चुपचाप घण्टी छाप पोर्टफेलियो पत्तासाफ भन्दै आलोचना गर्न थालेका छन्। सरकारले जुन हिसावले नेता तथा कर्मचारीहरु र उद्यमी व्यापारीहरुलाई बच्चा पारामा समाउने काम गरिरहेको छ यसले अहिलेसम्म एउटा पनि सफल हुन सकेको छैन। हिरासतमा लिने काम भए पनि समयको अन्तरालमा लगातार छुट्ने क्रम पनि बढिरहेको छ।

अदालतबाट फैसला हुन नसक्ने विषयमा पक्राउ गर्दा मनोबल कमजोर बनाउने काम भइरहेको बजार विश्लेषकहरु बताउछन्। सरकारले पक्रिसके पछि कारबाही हुने तहमा पुग्नु पर्नेमा केहि दिनको हिरासत पछि थुना मुक्त हुनु पर्ने अवस्थाले गर्दा सरकारको कार्यशैली कमजोर बन्न पुगेको छ। 

आज ३० वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको भए पनि २३५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १३.८१ प्रतिशतले बढेको छ। केहि लगानीकर्ताले लो क्यापका कम्पनीमा खेल्ने बाहेक खासै अरु ठुला कारोबार भने हुन सकेको छैन। 

सरकारले लगानीकर्ताको मनोबल बनाउनु पर्नेमा धरकपटका हर्कतहरु गरिरहेको छ। नेपालको सन्दर्भमा सम्पत्ती सुद्धिकरको छानविन निकै चुनौतीपुर्ण छ। औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्रको आकार ठुलो रहेको हुँदा उद्यमी व्यवसायी कर्मचारीले कर छलि गरेका भ्रष्टाचारका रकमहरु पार्किङ गर्ने थपेष्ठ स्थानहरु छन्।

जसलाई ट्र्याकिङ गरेर कारबाहीको तहमा पुर्याउन निकै मुस्किल छ। यसले गर्दा आगामी दिनमा हुने सम्भावित भ्रष्टाचारका कदमलाई रोक्ने रणनीनि अपनाउनु पर्नेमा पुर्वाग्रही भएर एक्सनमा उत्रिदा सरकार नै असफल भइरहेको छ। यसले गर्दा सरकारले आफुलाई करेक्सन गरेर आगामी दिशा तय गर्नु पर्ने अहिलेको टट्कारो आवश्यकता हो। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया