सोपान फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न, ३ लाखभन्दा बढी लगानीकर्तालाई शेयर
- BFIS News
- 2026 Apr 30 11:26
काठमाडौं। सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ।
कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा बिहीबार बाँडफाँट प्रक्रिया टुंग्याइएको हो।
कम्पनीले बैशाख ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३४ लाख ७४ हजार ९०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो, जसको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबर रहेको थियो।
उक्त आईपीओमा २७ लाख ३० हजार ९८७ आवेदकले २ करोड ९९ लाख ६ हजार ५२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। माग अत्यधिक भएपछि बाँडफाँट गोला प्रथा (लोटरी) प्रणालीमार्फत गरिएको हो।
बाँडफाँट परिणामअनुसार ३ लाख ४७ हजार ४९० जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्, जबकि बाँकी आवेदकको हात खाली भएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)













.jpg)




प्रतिक्रिया