नर्भिक अस्पतालले बुक बिल्डिङ्गमार्फत आईपीओ प्रक्रिया अघि बढायो, संस्थागत लगानीकर्तासँग आशयपत्र आह्वान
- BFIS News
- 2026 Apr 30 11:28
काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ्ग विधिबाट साधारण शेयर निष्काशन गर्ने तयारी सुरु गरेको छ।
यसका लागि कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग आशयपत्र (EOI) माग गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर २० लाख ४१ हजार २०० कित्ता शेयर निष्काशन गर्ने योजना बनाएको छ। यसमध्ये ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४८० कित्ता शेयर संस्थागत लगानीकर्ताहरूका लागि छुट्याइएको छ।
शेयर निष्काशन प्रक्रिया अघि बढाउने क्रममा कम्पनीले वैशाख ११ गते काठमाडौंस्थित म्यारियट होटलमा ‘रोड शो’ कार्यक्रम आयोजना गरेको थियो।
योग्य संस्थागत लगानीकर्ताहरूले बुक बिल्डिङ्ग निर्देशिकाअनुसार गोप्य शिलबन्दी आशयपत्र पेश गर्नुपर्नेछ। यस्तो आशयपत्र बुझाउने अन्तिम मिति वैशाख २१ गते साँझ ५ बजेसम्म तोकिएको छ, जसलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिंहदरबार प्लाजा, काठमाडौंमा पेश गर्नुपर्नेछ। प्राप्त आशयपत्र वैशाख २२ गते साँझ ५ बजे नेप्से कार्यालयमै खोलिनेछ।
उक्त धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालेको छ। संस्थागत लगानीकर्ताबाट प्राप्त प्रस्तावका आधारमा शेयरको ‘कट–अफ’ मूल्य निर्धारण गरिनेछ, जसपछि सर्वसाधारणका लागि आईपीओ निष्काशनको प्रक्रिया अघि बढ्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)













.jpg)




प्रतिक्रिया