NIMB Header 2
Nepal Life

माउन्ट एभरेष्ट पावरको आईपीओ बिक्री खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली लक्षित

NMB Bank
  • BFIS News
  • 2026 Apr 30 11:30
माउन्ट एभरेष्ट पावरको आईपीओ बिक्री खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली लक्षित
United Ajod

काठमाडौं।  माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले बिहीबारदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै शेयर निष्काशन सुरु गरेको हो।

कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशनका लागि अनुमति प्राप्त गरेको थियो। यसअन्तर्गत ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ, जसको मूल्य ८ करोड ६० लाख रुपैयाँ हुन्छ। तीमध्ये ३ लाख ४४ हजार कित्ता सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का बासिन्दालाई वितरण गरिनेछ भने बाँकी ५ लाख १६ हजार कित्ता अन्य वडाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ।

यस्तै, सर्वसाधारणका लागि छुट्याइएको हिस्सामध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा वैशाख ३१ गतेसम्म रहनेछ भने आवश्यक परे जेठ १८ गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि वैशाख २३ गतेसम्म रहनेछ र माग कम भएमा वैशाख ३१ गतेसम्म विस्तार गरिनेछ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम जोखिम संकेत गर्दछ।

कम्पनीले सोलुखुम्बुस्थित १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ। आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख रुपैयाँ छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २८ वर्ष ९ महिना बाँकी रहेको जनाइएको छ। लगानी फिर्ता हुने सामान्य अवधि ६.४० वर्ष र डिस्काउण्टेड आधारमा ८.९४ वर्ष अनुमान गरिएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबि एस क्यापिटल लिमिटेडले सम्हालेको छ। स्थानीय बासिन्दाले तोकिएका बैंकका सोलुखुम्बुस्थित शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् भने अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत आस्बा प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने ‘मेरो शेयर’ प्रणालीमार्फत सी–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया