अमेरिकी विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदै, उच्चस्तरीय भेटघाटको तयारी
- BFIS News
- 2026 Apr 30 11:45
काठमाडौं। अमेरिकी राष्ट्रपति Donald Trump का विशेष दूत सर्गियो गोर आज काठमाडौं आइपुग्ने भएका छन्। दक्षिण तथा मध्य एशियाका लागि नियुक्त गोरको यो नेपाल भ्रमण पहिलो पटक हुन लागेको हो।
३९ वर्षीय गोर हाल भारतका लागि अमेरिकी राजदूतको जिम्मेवारीसमेत सम्हालिरहेका छन्। ट्रम्प प्रशासनसँग निकट मानिने उनलाई दक्षिण तथा मध्य एशियासम्बन्धी कूटनीतिक जिम्मेवारी पनि दिइएको छ।
नेपालमा नयाँ सरकार गठन भएपछि उनको भ्रमणलाई उच्चस्तरीय कूटनीतिक भेटका रूपमा हेरिएको छ। गोरको नेपाल बसाइका क्रममा व्यापार, लगानी तथा द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमण अवधिमा उनले विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम रहे पनि प्रधानमन्त्री Balen Shah सँग भेट हुने विषय भने टुंगो लागेको छैन। यद्यपि अर्थमन्त्री Swarnim Wagle र परराष्ट्रमन्त्री Shishir Khanal सँग भेटवार्ता हुने निश्चित भएको जनाइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)













.jpg)




प्रतिक्रिया