तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले १ खर्ब २० अर्ब रुपैयाँ तान्दै, आजै बोलकबोल
- BFIS News
- 2026 Apr 30 11:47
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता जम्मा भएपछि त्यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक ले ठूलो परिमाणमा रकम तान्ने तयारी गरेको छ।
केन्द्रीय बैंकले बिहीबार एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत बजारबाट झिक्ने जनाएको हो।
राष्ट्र बैंकका अनुसार उक्त रकम संकलनका लागि दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। यसमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् भने प्रस्ताव रकम ५ करोड रुपैयाँले भाग जाने गरी पेश गर्नुपर्नेछ।
बोलकबोल ब्याजदरका आधारमा हुनेछ र बहुब्याजदरमा पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र सहभागिता दिइनेछ।
राष्ट्र बैंकले जारी गर्ने निक्षेप संकलन उपकरणको अवधि ९७ दिनको रहनेछ। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी साउन २० गते गरिने केन्द्रीय बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)













.jpg)




प्रतिक्रिया