रोल्पाको जलजलामा जिप दुर्घटना : १७ जनाको मृत्यु, उद्धार जारी
- BFIS News
- 2026 Apr 30 18:53
रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–१ स्थित जलजला क्षेत्रमा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। रुकुमपूर्वबाट जलजला तर्फ जाँदै गरेको जिप भिरबाट खस्दा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लु१ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। घटनास्थलमै हालसम्म १७ जनाको मृत्यु पुष्टि भइसकेको छ भने उद्धार कार्य अझै जारी रहेको सम्बन्धित निकायले जनाएको छ।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको र उद्धार तथा अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)






प्रतिक्रिया