NIMB Header 2
Nepal Life

कृषि बीमा र स्वास्थ्य बीमामा सरकारको जोड,स्वास्थ्य बीमा पुनर्संरचना गर्ने घोषणा

NMB Bank
  • BFIS News
  • 2026 May 11 18:23
कृषि बीमा र स्वास्थ्य बीमामा सरकारको जोड,स्वास्थ्य बीमा पुनर्संरचना गर्ने घोषणा
United Ajod

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीमा क्षेत्रलाई सीमित रूपमा मात्रै समेटेको छ। समग्र आर्थिक तथा वित्तीय क्षेत्रका विभिन्न प्राथमिकतामध्ये बीमालाई केही विशिष्ट क्षेत्रमा केन्द्रित गरिएको देखिएको छ।

Shikhar
Nepal Life
NIMB

सरकारले पूँजी बजारलाई सुरक्षित, व्यवस्थित र प्रतिस्पर्धी बनाउँदै यसको दायरा विस्तार गर्ने नीति लिएको छ। यसका लागि संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा कम्पनी, म्युचुअल फण्ड तथा गैरआवासीय नेपालीहरूको सहभागिता बढाइने उल्लेख गरिएको छ।

कृषि क्षेत्रको सुदृढीकरणका लागि भने बाली तथा पशुधन बीमालाई प्राथमिकतामा राखिएको छ। विशेषगरी साना किसानलाई लक्षित गर्दै कृषि बीमाको पहुँच विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। किसानले सहज रूपमा बीमा सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले बीमासम्बन्धी सम्पूर्ण प्रक्रिया डिजिटल प्रणालीमा आबद्ध गरिने सरकारको योजना छ।

यसअन्तर्गत बीमालेख जारी गर्ने, प्रिमियम अनुदान भुक्तानी गर्ने तथा बीमा दाबी भुक्तानी प्रक्रियालाई आधुनिक र झन्झटरहित बनाइने जनाइएको छ।

स्वास्थ्य क्षेत्रमा पनि बीमालाई समेट्दै स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने नीति लिइएको छ। सरकारले स्वास्थ्य बीमालाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्य अघि सारेको छ।

त्यस्तै विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका क्षेत्रमा पनि बीमालाई महत्वपूर्ण साधनका रूपमा प्रयोग गर्ने नीति सरकारले अघि बढाएको छ। विपद्पछि हुने क्षतिपूर्ति, राहत तथा पुनर्निर्माणका कार्यमा बीमा लगायत जोखिम हस्तान्तरणका उपकरणहरूको प्रयोग विस्तार गरिने उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया