NIMB Header 2
Nepal Life

कर्जा नतिरे कानुनी कारबाही र कालोसूचीमा पर्ने राष्ट्र बैंकको चेतावनी

NMB Bank
  • BFIS News
  • 2026 May 12 11:36
कर्जा नतिरे कानुनी कारबाही र कालोसूचीमा पर्ने राष्ट्र बैंकको चेतावनी
United Ajod

काठमाडौं । Nepal Rastra Bank ले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा समयमै भुक्तानी गर्न ऋणीलाई आग्रह गर्दै कर्जा नतिरे कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट संकलित निक्षेपलाई कर्जाका रूपमा प्रवाह गर्ने भएकाले कर्जा भुक्तानीमा लापरबाही गर्नु वित्तीय अनुशासनविपरीत हुने उल्लेख गरिएको छ।

सूचनामा जानाजान वा अरूको प्रभावमा परेर कर्जा भुक्तानी नगर्ने प्रवृत्तिले समग्र वित्तीय प्रणालीमा नकारात्मक असर पार्ने उल्लेख छ। कर्जा लिएर पनि भुक्तानी नगर्ने ऋणी तथा जमानीकर्ता कालोसूचीमा पर्न सक्ने, धितो लिलामी हुन सक्ने तथा अन्य कानुनी प्रक्रिया अघि बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले कर्जाको स्रोत सर्वसाधारणको बचत भएकाले जिम्मेवार ढंगले कर्जा चुक्ता गर्न आग्रह गरेको छ। साथै, वित्तीय कारोबारमा सचेत र जिम्मेवार बन्न पनि सर्वसाधारणलाई अपिल गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया