सिटिजन लाइफको जीवन बीमा कोष २४ अर्ब ५५ करोड पुग्यो, आम्दानी र नाफामा सुधार
- BFIS News
- 2026 May 12 11:56
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै जीवन बीमा कोष, आम्दानी तथा नाफामा सुधार भएको जनाएको छ। कम्पनीको जीवन बीमा कोष एक वर्षको अवधिमा उल्लेख्य वृद्धि भई २४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
कम्पनीका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब रुपैयाँ रहेको जीवन बीमा कोष चालु आवको चैत मसान्तसम्म आइपुग्दा करिब ३६ प्रतिशतले बढेको हो। जीवन बीमा कम्पनीको वित्तीय स्थायित्व र जोखिम वहन क्षमता मापन गर्ने प्रमुख आधारमध्ये जीवन बीमा कोषलाई महत्वपूर्ण सूचक मानिन्छ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा सामान्य वृद्धि हुँदै ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बीमा कम्पनीहरूको नाफा बीमाङ्कीय मूल्याङ्कनका आधारमा परिवर्तन हुन सक्ने भएकाले अन्तिम विवरणमा केही हेरफेर हुनसक्ने देखिन्छ।
कम्पनीको कुल आम्दानी पनि वृद्धि भएको छ। चालु आवको नौ महिनामा कुल आम्दानी करिब १९.७८ प्रतिशतले बढेर ७ अर्ब ५६ करोड रुपैयाँ नाघेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो। लगानीबाट प्राप्त प्रतिफल तथा बीमा पोलिसी धितो कर्जाबाट भएको आम्दानी वृद्धिले कम्पनीको आय बढाउन सहयोग पुगेको देखिन्छ।
त्यसैगरी, कम्पनीको कुल खर्च पनि बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ९६ करोड रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको नौ महिनामा ७ अर्ब २० करोड रुपैयाँ खर्च गरेको जनाएको छ। व्यवसाय विस्तार, कर्मचारी व्यवस्थापन तथा अन्य प्रशासनिक शीर्षकमा भएको वृद्धि खर्च बढ्नुको मुख्य कारण मानिएको छ।
वित्तीय विवरणअनुसार कम्पनीको जारी बीमा पोलिसी संख्या भने घटेको देखिएको छ। गत वर्ष १० लाख १५ हजार सक्रिय बीमा पोलिसी रहेकोमा चालु आवको नौ महिनामा यस्तो संख्या घटेर ७ लाख ८८ हजारमा सीमित भएको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६० पैसा पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ९ रुपैयाँ ५४ पैसा थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ १७ पैसा कायम रहेको छ।
ब्याजदरमा आएको उतारचढाव तथा वित्तीय क्षेत्रमा देखिएको चुनौतीपूर्ण अवस्थाबीच पनि कम्पनीले आम्दानी र व्यवसाय विस्तारमा सुधार कायम राख्दै व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको देखिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)



.jpg)





प्रतिक्रिया