दाबी भुक्तानी र घट्दो व्याजदरले नेको इन्स्योरेन्सको नाफामा पार्यो प्रभाव, इपिएस १७.७४ रुपैयाँ
- BFIS News
- 2026 May 12 12:05
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा तथा आम्दानीमा गिरावट देखिएको छ।
चालु आवको चैत मसान्तसम्म कम्पनीले १६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३६ करोड ९३ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको नाफा ५५.६१ प्रतिशतले घटेको हो।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी पनि सामान्य रूपमा घटेको छ। गत आवको सोही अवधिमा १ अर्ब २२ करोड ७९ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क आम्दानी चालु आवमा १ अर्ब २२ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ।
यद्यपि, कम्पनीको निर्जीवन बीमा कोषमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्षको चैत मसान्तसम्म ३ अर्ब ५३ करोड ९१ लाख रुपैयाँ रहेको कोष ४५ प्रतिशतले बढेर ५ अर्ब १३ करोड ६७ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३ प्रतिशतले घटेको छ भने कुल खर्च २० प्रतिशतले वृद्धि भएको छ। प्रतिशेयर आम्दानी पनि घटेर १७ रुपैयाँ ७४ पैसा कायम भएको छ। गत वर्ष सोही अवधिमा यस्तो आम्दानी २४ रुपैयाँ ४७ पैसा थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ भने २२३ रुपैयाँ ११ पैसा रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। वित्तीय विवरणअनुसार कम्पनीको महाविपत्ति कोषमा २ अर्ब ३४ करोड रुपैयाँ तथा जगेडा कोषमा ३७ करोड रुपैयाँ सञ्चिति रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)




.jpg)




प्रतिक्रिया