सानिमा जिआईसी इन्स्योरेन्सको नाफा ७८ प्रतिशतले घट्यो, ५ करोड १३ लाख रुपैयाँमा सिमित
- BFIS News
- 2026 May 12 12:13
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको मुनाफामा उल्लेख्य गिरावट देखिएको छ। विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीको नाफा २३ करोड ३५ लाख रुपैयाँ रहेको थियो, जसअनुसार नाफा ७८ प्रतिशतले घटेको देखिन्छ।
अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन भने वृद्धि भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ५३ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४९ करोड ५२ लाख रुपैयाँको तुलनामा वृद्धि हो।
त्यस्तै, कुल बीमा शुल्क पनि बढेर १ अर्ब ९७ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यो रकम १ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ रहेको थियो।
तर आम्दानीतर्फ भने गिरावट देखिएको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९० करोड १० लाख रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो १ अर्ब २ करोड ६४ लाख रुपैयाँ थियो। सोही अवधिमा कुल खर्च बढेर ८२ करोड ७६ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ६९ करोड २८ लाख रुपैयाँ थियो।
प्रति शेयर आम्दानी (ईपीएस) मा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो वर्ष १५ रुपैयाँ ५७ पैसा रहेको ईपीएस घटेर हाल ३ रुपैयाँ १९ पैसामा झरेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १५३ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात १५५.५ गुणा कायम भएको छ।
वित्तीय अवस्थाअनुसार कम्पनीको कुल सम्पत्ति वृद्धि भई ८ अर्ब ८८ करोड ६० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यो ८ अर्ब १८ करोड १२ लाख रुपैयाँ थियो।
जगेडा कोष पनि बढेर १ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ। त्यसैगरी, महाविपत्ति कोषमा ४ करोड ८५ लाख रुपैयाँ र विशेष रिजर्भमा ७७ करोड ५२ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले कुल ३ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ लगानी गरेको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)


.jpg)





प्रतिक्रिया