NIMB Header 2
Nepal Life

सीमित समूहबाट पुँजी बजार कब्जा भयो : अर्थमन्त्री वाग्ले

NMB Bank
  • BFIS News
  • 2026 May 12 15:59
सीमित समूहबाट पुँजी बजार कब्जा भयो : अर्थमन्त्री वाग्ले
United Ajod

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको अर्बौं रुपैयाँ दुरुपयोग गरेर आर्थिक तथा राजनीतिक संस्थामाथि प्रभाव जमाएको आरोप लगाएका छन्।

Shikhar
Nepal Life
NIMB

मंगलबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकमा बोल्दै उनले विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित व्यक्तिहरूको नियन्त्रणमा पुगेको यथार्थ स्वीकार गर्नुपर्ने अवस्था रहेको बताए।

अर्थमन्त्री वाग्लेले करिब १५–१६ अर्ब रुपैयाँ बराबरको जनताको रकम अपचलन गर्दै बजारमा कृत्रिम प्रभाव सिर्जना गरिएको दाबी गरे। त्यस्ता समूहले अकुत सम्पत्ति आर्जन गरेर राजनीतिक नेतृत्वलाई समेत प्रभावित पार्ने प्रयास गरेको उनको भनाइ थियो।

उनले सरकारले नेपालको पुँजी बजारलाई व्यावसायिक, पारदर्शी तथा विश्वस्तरीय मापदण्डअनुसार विकास गर्ने लक्ष्य लिएको स्पष्ट पारे। स्टक एक्सचेन्ज पुनःसंरचनाका लागि गठित समितिको प्रतिवेदन कार्यान्वयन गरिने जानकारी दिँदै उनले पुँजी बजार सुधारका लागि सरकारले विभिन्न नीतिगत कदम अघि बढाइरहेको बताए।

उनका अनुसार राष्ट्रपतिमार्फत सार्वजनिक नीति तथा कार्यक्रममा पुँजी बजारप्रति उदार नीति घोषणा भइसकेको छ भने आगामी बजेटमार्फत त्यसलाई थप प्रभावकारी बनाइनेछ।

अर्थमन्त्री वाग्लेले “जेनजी आन्दोलन” लाई परिवर्तनको महत्वपूर्ण कारकका रूपमा उल्लेख गर्दै त्यसले मुलुकलाई गलत दिशातर्फ जानबाट जोगाएको दाबी गरे। सुशासनलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पहिलो वर्ष सुशासनको आधार निर्माणमा केन्द्रित हुने र त्यसपछि विकास निर्माणका काम स्वतः अघि बढ्ने धारणा व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया