NIMB Header 2
Nepal Life

मौद्रिक नीतिको तेस्रो समीक्षा: लचिलो नीति कायम, विद्यमान व्यवस्थामा परिवर्तन भएन

NMB Bank
  • BFIS News
  • 2026 May 16 05:52
मौद्रिक नीतिको तेस्रो समीक्षा: लचिलो नीति कायम, विद्यमान व्यवस्थामा परिवर्तन भएन
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ। विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप रहने प्रक्षेपण तथा कमजोर आर्थिक वृद्धिको अवस्थालाई ध्यानमा राख्दै बैंकले चालु आर्थिक वर्षको सुरुदेखि अपनाएको नीतिगत लचकतालाई यथावत् राखेको हो।

Shikhar
Nepal Life
NIMB

समीक्षाअनुसार ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात (CRR) तथा वैधानिक तरलता अनुपात (SLR) सम्बन्धी विद्यमान व्यवस्थामा कुनै परिवर्तन गरिएको छैन। केन्द्रीय बैंकले हाल कायम नीतिगत दरहरूलाई निरन्तरता दिँदै वित्तीय प्रणालीमा स्थायित्व कायम राख्ने संकेत गरेको छ।

यसैबीच, ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइँदै आएको स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने जनाइएको छ। राष्ट्र बैंकले यस व्यवस्थाको पुनरावलोकनमार्फत मौद्रिक उपकरणहरूको प्रभावकारिता बढाउने लक्ष्य लिएको संकेत गरेको छ।

राष्ट्र बैंकले मौद्रिक नीति तथा त्यसका समीक्षामार्फत मूल्य स्थायित्व, बाह्य क्षेत्र स्थायित्व र वित्तीय क्षेत्रको सुदृढता कायम राख्दै आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ। साथै, मौद्रिक नीतिको समीक्षा प्रक्रियामा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्ने सबै सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्दै कार्यान्वयनमा आगामी दिनमा पनि सहकार्य रहने विश्वास व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया