NIMB Header 2
Nepal Life

एनआइसी एशिया बैंकका सिइओ न्यौपानेको वार्षिक तलब सुविधा २ करोड ९८ लाख, सानो उमेरमै सफल बैंकर

National Life
  • BFIS News
  • 2023 Oct 14 05:45
एनआइसी एशिया बैंकका सिइओ न्यौपानेको वार्षिक तलब सुविधा २ करोड ९८ लाख, सानो उमेरमै सफल बैंकर
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेको वार्षिक तलब सुविधा २ करोड ९८ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा सिइओ न्यौपानेलाई कुल वार्षिक तलब भत्ता बापत २ करोड ४० लाख रुपैयाँ दिएको छ । त्यस्तै उनले नियम अनुसार कर्मचारी बोनस बापत ५५ लाख ३७ हजार रुपैयाँ बुझेका छन् ।

Shikhar
NIMB

अघिल्लो आर्थिक वर्षमा न्यौपानेले २ करोड ३४ लाख रुपैयाँ प्राप्त गरेका थिए । यस वर्ष न्यौपानेको वार्षिक तलब सुविधा ६४ लाख रुपैयाँले बृद्धि भएको छ । अघिल्लो वर्षमा उनको वार्षिक तलब सुविधा एक करोड ८० लाख रुपैयाँ मात्रै थियो । त्यस्तै कर्मचारी बोनस ५२ लाख २७ लाख रुपैयाँ मात्रै थियो ।  

सिइओ न्यौपानेलाई एक सवारी साधन तथा सवारी चालक सहित, बीमा, कर, मर्मत संभार लगायतका खर्च बैंकले प्रदान गरेको । यस बापत एक लाख २० हजार रुपैयाँ खर्च भएको छ ।

सिइओ न्यौपाने गत वर्षको कार्तिकमा दोस्रो कार्यकालका लागि पुनर्नियुक्त भएका थिए । सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपालमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकको नेतृत्व सम्हाले पछिको छोटो अवधिमा नै बैंक सञ्चालक समितिको मिति २०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई मिति २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा 'कान्छो सिइओ' को रुपमा समेत चर्चित भए।  

रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकिङ क्षेत्रमा उदयमान भएका थिए। 

उनले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको बताइन्छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया