बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजबाट सुरु हुँदै
- BFIS News
- 2026 May 25 08:45
हेटौँडा । बागमती प्रदेशसभा को वर्षे अधिवेशन आजदेखि सुरु हुने भएको छ। प्रदेशसभा बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ।
प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार आजको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा धारणा राख्ने कार्यसूची रहेको छ।
दीपकप्रसाद देवकोटा ले बागमती प्रदेश सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन्।
प्रदेशसभाको यो अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमाथि केन्द्रित रहने जनाइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)





प्रतिक्रिया