NIMB Header 2
Nepal Life

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै सांसद हर्क साम्पाङले आफूलाई बैठकबाट हटाउन आग्रह

IME LIFE
  • BFIS News
  • 2026 May 27 12:02
प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै सांसद हर्क साम्पाङले आफूलाई बैठकबाट हटाउन आग्रह
United Ajod

काठमाडौं । प्रतिनिधिसभा को बुधबारको बैठकमा सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीको उपस्थितिको विषय उठाउँदै आफूलाई सदनबाट निष्कासन गर्नसमेत आग्रह गरेका छन्।

Nepal Life
NIMB

बैठकमा बोल्दै साम्पाङले लामो समयदेखि प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने माग उठ्दै आएको उल्लेख गरे। उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ (२) अनुसार प्रधानमन्त्रीलाई उपस्थित गराएर जवाफदेही बनाउन सभामुखलाई आग्रह गरे।

साम्पाङले सभामुखले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसके नियमावलीको नियम ३१ (१) प्रयोग गरी आफूलाई बैठकबाट हटाउने व्यवस्था गर्नुपर्ने धारणा राखे।

उनका अनुसार प्रधानमन्त्रीको उपस्थितिका लागि निरन्तर माग गरिए पनि त्यसको कार्यान्वयन हुन नसकेको स्थिति छ। उनले आफूले उठाएको विषयलाई सम्बोधन गर्न नसकिए नियमअनुसार आफूलाई बैठकबाट निष्कासन गर्नुपर्ने बताए।

साम्पाङले आफूलाई सदनमा ‘बदमास विद्यार्थी’ जस्तो देखिन थालेको टिप्पणी गर्दै यस्तो अवस्थाले संसद्को गरिमा कायम नहुने धारणा पनि राखे। उनले सभामुखको बाध्यता बुझ्ने बताए पनि प्रधानमन्त्रीको उपस्थितिलाई अनिवार्य विषयका रूपमा अघि सारे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया