स्वास्थ्य बीमा संकट गहिरियो, निजी अस्पतालमा नियमित सेवा स्थगित
- BFIS News
- 2026 May 27 15:09
काठमाडौं । सरकारको स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटका कारण प्रभावित बनेको छ।
स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै बीमा सेवा अस्थायी रूपमा रोक्ने निर्णय गरेपछि बीमित नागरिकहरूको उपचार पहुँचमा असर पर्ने भएको छ।
स्वास्थ्य बीमा बोर्डले जारी गरेको सूचनाअनुसार जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका नियमित स्वास्थ्य बीमा सेवा स्थगित गरिनेछ। बोर्डले आर्थिक अभावका कारण यस्तो निर्णय लिनुपरेको जनाएको छ।
निर्णयसँगै अब स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकहरूले निजी अस्पतालमा ओपीडी सेवा, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य उपचार सेवा सहज रूपमा प्राप्त गर्न नसक्ने भएका छन्। आकस्मिक सेवा भने निरन्तर सञ्चालनमा रहने बोर्डले जनाएको छ।
देशभर स्वास्थ्य बीमा कार्यक्रममा सहभागी ३६ वटा निजी अस्पताल तथा मेडिकल कलेज यस निर्णयबाट प्रभावित हुने भएका छन्।
सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यसहित स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो। तर पछिल्ला वर्षहरूमा आर्थिक व्यवस्थापन, प्रशासनिक कमजोरी तथा निजी अस्पताललाई भुक्तानी गर्न बाँकी रकम बढ्दै जाँदा कार्यक्रम दबाबमा परेको देखिएको छ।
स्रोतहरूका अनुसार सरकारले निजी अस्पतालहरूलाई दिनुपर्ने अर्बौं रुपैयाँ लामो समयदेखि भुक्तानी गर्न नसक्दा निजी स्वास्थ्य संस्थाहरूले निरन्तर दबाब दिँदै आएका थिए। त्यसपछि स्वास्थ्य बीमा बोर्डले सेवा कटौतीको निर्णय गरेको जनाइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)
.jpg)
.jpg)






प्रतिक्रिया