NIMB Header 2
Nepal Life

उधारो असुलीसम्बन्धी कानुन ल्याउने घोषणा, बजेटमार्फत व्यवस्था गरिने

IME LIFE
  • BFIS News
  • 2026 May 29 16:37
उधारो असुलीसम्बन्धी कानुन ल्याउने घोषणा, बजेटमार्फत व्यवस्था गरिने
United Ajod

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उधारो असुलीसम्बन्धी कानुन निर्माण गर्ने घोषणा गरेका छन्।

Nepal Life
NIMB

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले यससम्बन्धी कानुनी व्यवस्था अघि बढाइने जानकारी दिएका हुन्।

बजेट वक्तव्यमा व्यवसायिक क्षेत्रमा उधारो भुक्तानी नहुने समस्या बढ्दै गएको उल्लेख गरिएको छ। समयमै भुक्तानी नहुँदा व्यवसायीहरू प्रभावित हुँदै आएको प्रसंग पनि उठाइएको छ।

उधारो असुली प्रक्रियालाई व्यवस्थित गर्ने उद्देश्यले नयाँ कानुन ल्याउने तयारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया