सार्वजनिक चासोका मुद्दामा संलग्न हुँदा सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश पोखरेलको सुझाव
- BFIS News
- 2026 May 25 11:13
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेल ले सार्वजनिक चासोका मुद्दामा बहस वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्न न्यायाधीश र कानुन व्यवसायीलाई सुझाव दिएका छन्।
उनले तत्काल आउने प्रतिक्रिया र टिप्पणीले मानसिक अवस्थामाथि असर पार्न सक्ने बताएका हुन्।
काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायाधीश पोखरेलले सार्वजनिक सरोकारका मुद्दामा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा असन्तुलित मनोवैज्ञानिक प्रभाव पार्न सक्ने उल्लेख गरे। उनका अनुसार कुनै मुद्दामा सकारात्मक प्रतिक्रिया आए अत्यधिक आत्मविश्वास बढ्न सक्ने तथा नकारात्मक टिप्पणी आए निराशा वा नकारात्मक सोच विकास हुन सक्ने अवस्था देखिन्छ।
उनले मुद्दाको बहस वा फैसला भएको दिन अनलाइन माध्यम र सामाजिक सञ्जालबाट दूरी कायम गर्न सुझाव दिँदै समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने बताए। प्रारम्भिक प्रतिक्रियाभन्दा केही समयपछि विषयवस्तुको व्याख्या र दृष्टिकोण फरक हुन सक्ने भएकाले संवेदनशील प्रकृतिका मुद्दामा संलग्न व्यक्तिहरूले तत्कालीन प्रतिक्रिया नहेर्नु उपयुक्त हुने उनको भनाइ थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया