NIMB Header 2
Nepal Life

आगामी आर्थिक वर्षको बजेट शुक्रबार अपराह्न ४ बजे सार्वजनिक हुने

IME LIFE
  • BFIS News
  • 2026 May 28 12:03
आगामी आर्थिक वर्षको बजेट शुक्रबार अपराह्न ४ बजे सार्वजनिक हुने
United Ajod

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ।

Nepal Life
NIMB

संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरूप सरकारले अपराह्न ४ बजे बजेट ल्याउन लागेको हो।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरेका छन्। उक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सभामुख अर्यालले सबै सांसदलाई दिउँसो ३ः४५ बजेसम्म संसद् भवनमा उपस्थित भइसक्न निर्देशन दिएका छन्।

सरकारले यसपटकको बजेटलाई आर्थिक सुधार, उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित गर्ने तयारी गरेको जनाएको छ। निजी क्षेत्रमैत्री लगानी वातावरण निर्माण, सरकारी प्रक्रियामा सरलीकरण तथा पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ।

यसअघि अर्थमन्त्री वाग्लेले संसद्मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आगामी बजेटलाई आर्थिक सुधारको नयाँ चरणका रूपमा अघि बढाइने बताएका थिए।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ। बजारमा सुस्त देखिएको निजी क्षेत्रको मनोबल उकास्न कर नीतिमा लचकता तथा लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रम समेटिने अनुमान गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया