NIMB Header 2
Nepal Life

बजेटमा पूँजीबजार सम्बन्धी घोषणाप्रति लगानीकर्ता उत्साहित, तारा फुल्लेले गरे स्वागत

IME LIFE
  • BFIS News
  • 2026 May 29 18:20
बजेटमा पूँजीबजार सम्बन्धी घोषणाप्रति लगानीकर्ता उत्साहित, तारा फुल्लेले गरे स्वागत
United Ajod

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले पूँजीबजारसम्बन्धी विभिन्न सुधारका कार्यक्रम घोषणा गरेपछि लगानीकर्ताहरूले त्यसलाई सकारात्मक रूपमा लिएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको बजेट वक्तव्यमा शेयर बजारसँग सम्बन्धित नीतिगत सुधारका विषय समेटिएपछि लगानीकर्ता पक्ष उत्साहित बनेको हो ।

Nepal Life
NIMB

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेलले बजेटले वर्षौंदेखि उठाइँदै आएका लगानीकर्ताका केही मुख्य माग सम्बोधन गरेको बताएका छन् । उनले पुँजीगत लाभकर (सीजीटी) लाई अन्तिम कर घोषणा गर्नु, १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा कर छुटको व्यवस्था, गैरआवासीय नेपाली (एनआरएन) लाई पूँजीबजारमा सहभागी गराउने नीति तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचनासहित Intraday Trading र Short Selling जस्ता आधुनिक उपकरण सञ्चालन गर्ने घोषणा सकारात्मक रहेको उल्लेख गरेका छन् ।

फुल्लेलले बजारप्रतिको सरकारी दृष्टिकोण क्रमशः स्पष्ट र लगानीमैत्री बन्दै गएको आभास गर्न सकिने बताएका छन् । उनका अनुसार बजेटमा गरिएका घोषणाहरू प्रभावकारी रूपमा कार्यान्वयन भएमा लगानीकर्ताको आत्मविश्वास बढ्नुका साथै पूँजीबजारको दायरा, तरलता र आकर्षण विस्तार हुने अपेक्षा गर्न सकिन्छ ।

उनले लगानीकर्ताको तर्फबाट बजेटप्रति खुशी व्यक्त गर्दै सरकारले घोषणा गरिएका कार्यक्रम यथाशीघ्र व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् ।

यस वर्षको बजेटमा सरकारले शेयर बजार सुधार, लगानी विस्तार तथा पूँजीबजारलाई आधुनिक र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित विभिन्न नीतिगत व्यवस्था अघि सारेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया