NIMB Header 2
Nepal Life

आइएमई लाइफद्वारा इलाममा बीमित सम्मान तथा चियापान कार्यक्रम सम्पन्न, १०२ जना सम्मानित

IME LIFE
  • BFIS News
  • 2026 Jun 02 13:25
आइएमई लाइफद्वारा इलाममा बीमित सम्मान तथा चियापान कार्यक्रम सम्पन्न, १०२ जना सम्मानित
United Ajod

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले इलाममा “बीमित सम्मान तथा चियापान कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ। एमडीआरटी रामबहादुर मगरको आयोजनामा सम्पन्न कार्यक्रममा १०२ जना बीमितलाई मायाको चिनो सहित सम्मान गरिएको थियो।

 

Nepal Life
NIMB

कार्यक्रमका प्रमुख अतिथि कम्पनीका कोशी प्रदेश प्रमुख मिलन दाहालले शुभकामना मन्तव्य व्यक्त गर्दै जीवन बीमाको आवश्यकता र यसको महत्वबारे प्रकाश पारे। उनले बीमाले भविष्य सुरक्षित बनाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।

त्यसैगरी, विशिष्ट अतिथि एमडीआरटी नेपाल टप लिडरले बीमा पश्चात प्राप्त हुने सुविधा तथा वर्तमान समयमा बीमाको आवश्यकता बारे स्पष्ट जानकारी दिएका थिए। उनको प्रस्तुति सहभागीहरूका लागि जानकारीमूलक र प्रेरणादायी भएको आयोजकले जनाएको छ।

कार्यक्रमका सभाध्यक्ष एमडीआरटी रामबहादुर मगरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे। साथै, आइएमई लाइफ इतिहासकै पहिलो एमडीआरटी मीना गुरुङको विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

कार्यक्रममा बीमा अभियन्ता, अभिकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मान, अनुभव आदानप्रदान तथा चियापानसहित सम्पन्न उक्त कार्यक्रमले सहभागीहरूमा सकारात्मक ऊर्जा र प्रेरणा प्रदान गरेको आयोजकको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया