हिमालयन रिइन्स्योरेन्सको पेश्की प्रकरणमा छानबिन जारी
- BFIS News
- 2026 Jun 02 12:55
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडमा अध्यक्ष चयनका समयमा तत्कालीन अध्यक्ष शेखर गोल्छाको करिब २ प्रतिशत शेयर स्वामित्व रहेको विषय सार्वजनिक भएको छ।
यस प्रकरणबारे नेपाल बीमा प्राधिकरणदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म छानबिन भइरहेको छ।
नेपाल बीमा प्राधिकरणको प्रतिवेदन अनुसार कम्पनीले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिलाई अग्रिम पेश्की रकम उपलब्ध गराएको देखिएको छ। सो सम्बन्धमा निर्णय प्रक्रियाबारे तत्कालीन अध्यक्ष शेखर गोल्छाले बयान दिएका छन्।
कम्पनीको बोर्ड बैठकमा उक्त पेश्की रकमबारे छलफल भएको र रकम असुलीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने निर्णय गरिएको प्रतिवेदनमा उल्लेख छ। साथै लगानी तथा सोसम्बन्धी सम्पूर्ण जिम्मेवारी लगानी समिति र सम्बन्धित व्यवस्थापनलाई दिइएको बताइएको छ।
गोल्छाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन नगरेको पनि बताएका छन्। भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई दिइएको पेश्की रकमबारे बोर्डमा आफूले अनुमोदन नगरेको उनको भनाइ छ।
उनका अनुसार सो विषयमा विस्तृत जानकारी कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई रहेको छ। गोल्छाले भृकुटी स्टक ब्रोकिङ कम्पनीसँग सम्बन्धित बाँकी रकम जसले उपयोग गरेको हो, उसैबाट ब्याजसहित असुल गर्नुपर्ने धारणा राखेका छन्।
उहाँले आफूले कुनै लाभ नलिएको स्पष्ट गर्दै कानुन विपरीत कुनै काम नगरेको र अनधिकृत निर्णयलाई अनुमोदन नगरेको दाबी गर्नुभएको छ।
यस विषयमा थप अध्ययन र छानबिन आवश्यक रहेको उहाँको भनाइ छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया