NIMB Header 2
Nepal Life

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणले जेठ २७ सम्म आवेदन दिन सक्ने

IME LIFE
  • BFIS News
  • 2026 Jun 05 11:23
एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणले जेठ २७ सम्म आवेदन दिन सक्ने
United Ajod

काठमाडौं, जेठ २२ । एभरेष्ट कलर लिमिटेडले आज (जेठ २२ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

Nepal Life
NIMB

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर हुने ७ करोड ९० लाख रुपैयाँ मूल्यका ७ लाख ९० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो। सोमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।

त्यसैगरी, कम्पनीले ३९ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८०० कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरी वितरण गरिसकेको जनाएको छ।

बाँकी रहेको ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो। उक्त शेयरको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ कायम गरिएको छ भने कुल निष्काशन रकम ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीका अनुसार आईपीओमा आवेदन दिने अन्तिम मिति जेठ २७ गते तोकिएको छ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्म थप गरिनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी सि–आस्बा मार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया