NIMB Header 2
Nepal Life

भन्सार महसुल वृद्धि प्रभाव: सुनको मूल्य एकै दिन २० हजार ५०० रुपैयाँले उकालो

IME LIFE
  • BFIS News
  • 2026 May 31 12:00
भन्सार महसुल वृद्धि प्रभाव: सुनको मूल्य एकै दिन २० हजार ५०० रुपैयाँले उकालो
United Ajod

काठमाडौं, जेठ १७ । नेपाली बजारमा आइतबार सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

Nepal Life
NIMB

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार महसुल बढाइएपछि बजारमा यसको प्रत्यक्ष प्रभाव देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसरी एकै दिनमा सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले वृद्धि भएको हो।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुललाई बढाएर २० प्रतिशत पुर्‍याएको छ। भन्सार दर दोब्बर भएपछि बजारमा सुनको मूल्य उच्च दरले बढेको व्यवसायीहरू बताउँछन्।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ४० रुपैयाँ रहेको थियो। यस अवधिमा चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले वृद्धि भएको देखिएको छ।

बजेट घोषणापछि बहुमूल्य धातुको बजारमा मूल्य समायोजन भएको भन्दै व्यवसायीहरूले आगामी दिनमा बजारको अवस्था माग, आपूर्ति र कर नीतिको प्रभावअनुसार तय हुने बताएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया