रिलायबल नेपाल लाइफको ‘केयर–एनपी ए माइनस’ रेटिङ पुनः पुष्टि, वित्तीय अवस्था सुदृढ रहेको निष्कर्ष
- BFIS News
- 2026 Jun 14 16:40
काठमाडौँ । Reliable Nepal Life Insurance Limited को जारीकर्ता साख मूल्याङ्कनलाई क्रेडिट रेटिङ संस्था CARE Ratings Nepal ले पुनः पुष्टि गर्दै ‘केयर–एनपी ए माइनस (जारीकर्ता)’ रेटिङ कायम राखेको छ।
उक्त मूल्याङ्कनले कम्पनीले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्न पर्याप्त क्षमता राखेको तथा यसको क्रेडिट जोखिम न्यून रहेको संकेत गर्दछ।
कम्पनीको लेखापरीक्षित वित्तीय विवरणका आधारमा तयार गरिएको प्रतिवेदनमा नाफा क्षमता निरन्तर सुधार हुँदै गएको, बीमा दाबी अनुपात, कमिसन अनुपात तथा सञ्चालन खर्च अनुपात नियन्त्रणमा रहेको उल्लेख गरिएको छ। लगानीबाट प्राप्त आम्दानीमा स्थिर वृद्धि र खर्च व्यवस्थापनमा कडाइ अपनाइएकाले कम्पनीको समग्र नाफा मजबुत बनेको प्रतिवेदनमा जनाइएको छ।
कम्पनीको व्यवस्थापन टोली अनुभवी रहेको, लगानी पोर्टफोलियोको गुणस्तर सन्तोषजनक रहेको तथा पुनर्बीमा व्यवस्था पर्याप्त रहेको मूल्याङ्कनमा उल्लेख छ। साथै देशव्यापी शाखा सञ्जाल विस्तारले बजार पहुँच, ब्रान्ड प्रवर्द्धन र ग्राहक सेवामा सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालिएको छ।
सन् २०२६ को मध्य अप्रिलसम्म कम्पनीका ९ शाखा र ८५ उपशाखा सञ्चालनमा रहेका छन्। यस अवधिमा कम्पनीसँग देशभर ३३ हजार ३ सय ९० जना बीमा अभिकर्ता आबद्ध रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
पुनर्बीमा व्यवस्थाअन्तर्गत कम्पनीले Nepal Reinsurance Company Limited र Himalayan Reinsurance Limited सँग आवश्यक पुनर्बीमा सम्झौता गरेको छ। साथै सन् २०२३ भन्दा अगाडि जारी गरिएका जीवन बीमा योजनाका लागि Hannover Re सँग पनि पुनर्बीमा व्यवस्था कायम रहेको छ।
चालु आर्थिक वर्षको नौ महिनाको अन्त्यसम्म कम्पनीको लगानी पोर्टफोलियो अघिल्लो वर्षको तुलनामा १२.०४ प्रतिशतले वृद्धि भएको छ। कुल लगानीमध्ये ७२.३० प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ, जसले कम्पनीलाई पर्याप्त तरलता सुरक्षा प्रदान गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
कम्पनीको समग्र वित्तीय संरचना, जोखिम व्यवस्थापन प्रणाली, लगानी रणनीति तथा नियामकीय सोल्भेन्सी अनुपात कायम राख्ने क्षमताले यसको दीर्घकालीन वित्तीय स्थायित्वलाई मजबुत बनाएको मूल्याङ्कन गरिएको छ।
कम्पनी सन् २००७ डिसेम्बर ४ मा दर्ता भएको थियो भने सन् २०१७ अगस्ट २ मा बीमा व्यवसाय सञ्चालनको अनुमति प्राप्त गरेको थियो। सन् २०२६ अप्रिल १३ सम्म कम्पनीको कुल सम्पत्ति २४ अर्ब ३४ करोड ६० लाख रुपैयाँ पुगेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.png)





प्रतिक्रिया