बैंकिङ कसुरमा फरार रहेका सुरेश विक रुकुमपश्चिमबाट पक्राउ, ९ लाख ९५ हजार बिगो दाबी
- BFIS News
- 2026 Jun 15 17:17
रुकुमपश्चिम । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जाजरकोटको नलगाड नगरपालिका–१, चिउरी निवासी ४० वर्षीय सुरेश विकलाई आइतबार पक्राउ गरिएको हो।
District Police Office, Rukum West का सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार विकलाई आठबिसकोट नगरपालिका–९, राडीबजारबाट पक्राउ गरिएको हो।
बैंकिङ कसुर मुद्दामा अनुसन्धानको क्रममा फरार रहेका उनलाई देवबहादुर खत्रीको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध ९ लाख ९५ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।
पक्राउ परेका विकमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)

.png)







प्रतिक्रिया