NIMB Header 2
Nepal Life

२० निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो

IME LIFE
  • BFIS News
  • 2026 Jun 16 13:26
२० निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो
United Ajod

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको हो ।

 

Nepal Life
NIMB

कार्यालयका अनुसार सम्बन्धित कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा किन नराख्ने भन्ने आधार र प्रमाण भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न यसअघि नै समय दिइएको थियो । तर तोकिएको समयभित्र स्पष्टीकरण नआएपछि पुनः ७ दिनभित्र स्पष्टीकरण पेस गर्न भन्दै सूचना जारी गरिएको छ ।

कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएका कम्पनी तथा निर्माण सेवामध्ये उग्रवज्र निर्माण सेवा (काठमाडौं), अर्बान कन्स्ट्रक्सन (चितवन), शंकरमाली निर्माण सेवा प्रालि (काठमाडौं) लगायत रहेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक डिभिजन काठमाडौं, सडक डिभिजन जुम्ला, कालिका नगरपालिका, फिक्कल गाउँपालिका, पूर्वाधार विकास कार्यालय लमजुङ लगायतका निकायको सिफारिसका आधारमा सम्बन्धित कम्पनी तथा ठेकेदारलाई स्पष्टीकरण माग गरेको जनाएको छ ।

तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआएमा सार्वजनिक खरिदसम्बन्धी नियमअनुसार आवश्यक प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया