NIMB Header 2
Nepal Life

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब नाघ्यो

IME LIFE
  • BFIS News
  • 2026 Jun 12 15:35
नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब नाघ्यो
United Ajod

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ।

Nepal Life
NIMB

बजार सूचकमा कमी आए पनि सेयर किनबेचको रकम भने अघिल्लो कारोबार दिनको तुलनामा वृद्धि भएको छ।

शुक्रबार नेप्से परिसूचक ४ अंकले घटेर २ हजार ७२४ दशमलव ०३ बिन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इन्डेक्स ०.५३ अंक, फ्लोट इन्डेक्स ०.३० अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले ओरालो लागेको छ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सूचक बढ्दा नौ उपसमूहमा गिरावट देखिएको छ। म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहमा वृद्धि भएको छ भने घटेका उपसमूहहरूको गिरावट ०.५० प्रतिशतभन्दा कम रहेको छ।

यस दिन ३४२ कम्पनीका ९८ लाख ५६ हजारभन्दा बढी कित्ता सेयर ५४ हजार १७७ पटक किनबेच भएका छन्। कुल कारोबार रकम ४ अर्ब ३४ करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन बजारमा ३ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

सेयर मूल्य वृद्धितर्फ सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरका लगानीकर्ताले सकारात्मक सर्किटको लाभ लिएका छन्। ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि करिब १३.५ प्रतिशतले बढेको छ।

यता, कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १०.६६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रहेको छ। कम्पनीको २५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि सिटी होटलको करिब २५ करोड रुपैयाँ तथा आँखुखोला जलविद्युत् कम्पनीको २२ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया