राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
- BFIS News
- 2026 Jun 16 13:29
काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उनलाई सोमबार प्रधानमन्त्री कार्यालय, बालुवाटारबाट नियन्त्रणमा लिइएको हो ।
नयाँ राहदानी छपाइका क्रममा भइरहेको ढिलासुस्तीबारे छलफल गर्न प्रधानमन्त्री कार्यालयले अर्याललाई सोमबार साँझ बोलाएको थियो । उक्त विषयमा प्रधानमन्त्री कार्यालयले अख्तियारसँग समेत छलफल गरेको थियो ।
प्रधानमन्त्री कार्यालय पुगेका अर्याललाई त्यहीँबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।
यसै क्रममा अख्तियारले व्यवसायी सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । सिद्धार्थ थापा नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा हुन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया