NIMB Header 2
Nepal Life

एशियन लाइफले मृतक बीमितको परिवारलाई दियो ६ लाख २९ हजार रुपैयाँ मृत्यु दाबी

IME LIFE
  • BFIS News
  • 2026 Jun 16 13:38
एशियन लाइफले मृतक बीमितको परिवारलाई दियो ६ लाख २९ हजार रुपैयाँ मृत्यु दाबी
United Ajod

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक बीमितको परिवारलाई मृत्यु दाबीबापत ६ लाख २९ हजार ८२५ रुपैयाँ भुक्तानी गरेको छ ।

 

Nepal Life
NIMB

कम्पनीको सुर्खेत शाखाले लेखबेसी नगरपालिका–१०, सुर्खेत निवासी स्वर्गीय धनकुमारी तारुङ्गको परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो । मृत्यु दाबी रकम स्वर्गीय तारुङ्गकी छोरी सलिना तारुङ्गलाई एक कार्यक्रमबीच प्रदान गरिएको कम्पनीले जनाएको छ ।

४१ वर्षीया धनकुमारी तारुङ्गले आफ्नो जीवनकालमा ५ लाख रुपैयाँ बराबरको जीवन बीमा गरेकी थिइन् । उनले लगातार ६ वर्षसम्म वार्षिक बीमा शुल्क भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

मृगौला सम्बन्धी रोगका कारण उनको २०८२ फागुन १९ गते निधन भएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी कम्पनीले परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

दाबी रकम हस्तान्तरण कार्यक्रममा एशियन लाइफका कर्णाली प्रदेश प्रमुख वीरबहादुर भण्डारी, मार्केटिङ अफिसर निर्मला पाठक, ऋषीबहादुर थापा मगर, सिनियर एजेन्सी म्यानेजर लोकप्रसाद ढकाल, एजेन्सी म्यानेजर पद्माकुमारी थापा तथा एजेन्सी म्यानेजर तीर्थबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मृतकका परिवारजन, छिमेकी तथा स्थानीयवासीको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भण्डारीले एशियन लाइफले कर्णाली प्रदेशका ग्रामीण क्षेत्रसम्म पुगेर मृत्यु दाबी, शिक्षा खर्चलगायत विभिन्न बीमा सेवा प्रदान गर्दै आएको बताए । उनले बीमा सेवाको पहुँच विस्तार गर्दै सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता रहेको उल्लेख गरे ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया