NIMB Header 2
Nepal Life

अमेरिकी वायुसेनाको बी–५२ बम्बर दुर्घटना, आठ जनाको मृत्यु

IME LIFE
  • BFIS News
  • 2026 Jun 16 14:06
अमेरिकी वायुसेनाको बी–५२ बम्बर दुर्घटना, आठ जनाको मृत्यु
United Ajod

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एडवाड्र्स वायुसेना आधार शिविरबाट उड्नेबित्तिकै अमेरिकी वायुसेनाको बी–५२ बम्बर विमान दुर्घटनामा परेको छ । दुर्घटनामा परी विमानमा सवार आठ जनाको मृत्यु भएको छ ।

 

Nepal Life
NIMB

अमेरिकी वायुसेनाका अनुसार सोमबार स्थानीय समयअनुसार बिहान ११ः२० बजे नियमित परीक्षण उडानका क्रममा विमान दुर्घटनामा परेको हो । दुर्घटनापछि विमानमा भीषण आगलागी भएको थियो भने घटनास्थल बाक्लो कालो धुवाँले ढाकिएको थियो ।

दुर्घटनामा सैनिक, सरकारी कर्मचारी तथा सरकारी ठेकेदारसहित आठ जनाको मृत्यु भएको जनाइएको छ । मृतकमध्ये दुई जना बोइङ कम्पनीका कर्मचारी रहेका छन् ।

विमान उड्नेबित्तिकै रनवे क्षेत्रमा खसेर आगो लागेको थियो । दुर्घटना अत्यन्तै गम्भीर भएकाले विमानमा रहेका कसैको पनि ज्यान जोगिन नसकेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । दुर्घटनाको यकिन कारण भने अझै खुल्न सकेको छैन ।

बी–५२ स्ट्राटोफोट्र्रेस अमेरिकी सेनाले सन् १९५० को दशकदेखि प्रयोग गर्दै आएको लामो दूरीको बमवर्षक विमान हो । यसले ठूलो मात्रामा घातक तथा आणविक हतियार बोक्न सक्ने क्षमता राख्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया