NIMB Header 2
Nepal Life

फौजदारी अभियोग लागेका बीमा कम्पनीका सीईओ र कर्मचारी निलम्बन, प्राधिकरणले पठायो पत्र

IME LIFE
  • BFIS News
  • 2026 Jun 16 14:19
फौजदारी अभियोग लागेका बीमा कम्पनीका सीईओ र कर्मचारी निलम्बन, प्राधिकरणले पठायो पत्र
United Ajod

काठमाडौं । फौजदारी अभियोगमा मुद्दा दर्ता भइसकेपछि पनि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा कर्मचारी निलम्बन हुने वा नहुने विषयमा देखिएको अन्योलता नेपाल बीमा प्राधिकरणले स्पष्ट पारेको छ ।

 

Nepal Life
NIMB

नेपालको ठूलो बीमा क्षेत्रसम्बन्धी घोटाला प्रकरणमा फौजदारी अभियोग लागेका विभिन्न बीमा कम्पनीका सीईओ तथा सञ्चालकलाई निलम्बन गर्ने निर्णय गर्दै प्राधिकरणले यस्तो स्पष्टता दिएको हो ।

बीमा प्राधिकरणले सबै बीमा कम्पनीलाई पत्र पठाउँदै फौजदारी अभियोग लागेका सीईओ तथा अन्य कर्मचारीलाई निलम्बन गरिएको जानकारी गराएको छ । यससँगै सम्बन्धित कम्पनीलाई कामु सीईओ नियुक्त गर्ने बाटो खुलेको छ ।

सरकारी वकिलको कार्यालयले अभियोजन दर्ता गरेका र फरार सूचीमा रहेका केही व्यक्तिहरू कार्यालयमा उपस्थित भएर काम गरिरहेको पाइएपछि प्राधिकरणले यस्तो निर्णय गरेको जनाएको छ ।

बीमा ऐनमा फौजदारी अभियोग पुष्टि भई सजाय तथा जरिवाना भुक्तान गरेको पाँच वर्षसम्म कुनै पनि बीमा कम्पनीमा काम गर्न नपाउने व्यवस्था रहेको छ । प्रहरीले गरेको अनुसन्धानपछि अभियोजन दर्ता भएका व्यक्तिमाथि फौजदारी अभियोग पुष्टि नहुने पर्याप्त आधार नभएकाले उनीहरूलाई कार्यालयमा उपस्थित भएर काम गर्न नमिल्ने अवस्था रहेको प्राधिकरणको भनाइ छ ।

कानुनी व्यवस्था हुँदाहुँदै पनि केही सीईओहरूले पुनः काममा फर्कने प्रयास गरेपछि प्राधिकरणले औपचारिक पत्र पठाउँदै निलम्बनको जानकारी दिएको हो । अब सम्बन्धित बीमा कम्पनीका सञ्चालक समितिले बैठक बसेर कामु सीईओको जिम्मेवारी तोक्नुपर्ने भएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया