NIMB Header 2
Nepal Life

फाइनान्सियल लिटरेसी र बैंकर्स संघ विच समझदारी, प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने

National Life
  • BFIS News
  • 2023 Oct 19 20:17
फाइनान्सियल लिटरेसी र बैंकर्स संघ विच समझदारी, प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने
Sanima Reliance

काठमाडौं । नेपाल बैंकर्स संघ तथा फाइनान्सियल लिटरेसी नेपाल बिच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जीवी नेपालको समुपस्तिथीमा भएको उक्त कार्यक्रममा फाइनान्सियल लिटरेसी नेपालको तर्फ बाट भुवन दाहाल, निरज गिरि, रमेश शर्मा तथा नेपाल बैंकर्स संघका तर्फ बाट सुनिल के. सी र अनिल शर्माको उपस्थित थियो ।

Shikhar
NIMB

सो सम्झौता पत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा तथा फाइनान्सियल लिटरेसी नेपालका तर्फबाट मुख्य प्रबन्धक रमेश शर्माले हस्ताक्षर गरे । समझदारी अनुसार नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालले संयुक्त रुपमा विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्नेछन् ।

सो समारोहमा बोल्दै पूर्व गभर्नर डा. चिरन्जीवी नेपालले दुवै संस्था मिलेर वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाउदा थप प्रभावकारी हुनुका साथै आगामी दिनहरुमा यसले सार्थक भूमिका खेल्ने आशा व्यक्त गर्दै सफलताका लागी शुभकामना व्यक्त गरे । 

यसै गरी संघका अध्यक्ष सुनिल के. सी.ले यस सम्झौताले वित्तीय साक्षरता तथा बैंकिङ्ग प्रवर्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे । फाइनान्सियल लिटरेसी नेपालका अध्यक्ष भुवन दाहालले यस सम्झौता अनुसार संयुक्त रुपमा विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरिने व्यवहोरा जानकारी गराए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया