सुन प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, प्रतितोला दुई लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार
- BFIS News
- 2026 Jun 30 11:06
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। पछिल्ला केही दिनदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको अवस्थामा मंगलबार पनि उल्लेख्य कमी आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर दुई लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर चार हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् सोमबार चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्ति तथा स्थानीय बजारको माग–आपूर्तिको प्रभावका कारण पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको व्यवसायीहरू बताउँछन्। मंगलबारको कारोबारमा दुवै बहुमूल्य धातुको मूल्य अघिल्लो दिनको तुलनामा घटेको देखिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया