रास्वपा महाधिवेशनबीच वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किए
- BFIS News
- 2026 Jun 24 13:33
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चलिरहेका बेला पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) चितवनबाट काठमाडौं फर्किएका छन्।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार शाह बुधबार बिहान ११ः३१ बजेको हवाई उडानमार्फत काठमाडौं प्रस्थान गरेका हुन्। उनी असार ७ गते पत्नी र छोरीसहित चितवन पुगेका थिए।
महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गरेका शाहले मंगलबार सम्पन्न बन्दसत्रमा पनि सहभागिता जनाएका थिए। सो क्रममा उनले पार्टी सभापति पदका उम्मेदवार रवि लामिछानेको प्रस्तावकको भूमिका निर्वाह गरेका थिए। महाधिवेशनबाट उनी पार्टीको वरिष्ठ नेतामा निर्वाचित भइसकेका छन्।
चितवन बसाइका क्रममा शाहले सौराहास्थित हात्ती प्रजनन केन्द्र, चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका पर्यटकीय क्षेत्रको अवलोकन गरेका थिए। उनी कालिका नगरपालिका–९, शक्तिखोरमा रहेको लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए।
चितवन भ्रमणका क्रममा सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै उनले चितवन भ्रमणको अनुभव पनि साझा गरेका थिए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया