NIMB Header 2
Nepal Life

आजदेखि प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 30 11:17
आजदेखि प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला
IME LIFE

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड (पीसीबीएल) ले आज (असार १६ गते)देखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ।

Nepal Life
NIMB

बैंकले वार्षिक ६.२५ प्रतिशत ब्याजदर र १० वर्ष अवधिको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ जारी गरेको हो। प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरिएको बैंकले जनाएको छ।

कुल निष्काशनमध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको निष्काशनमध्ये ६० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण निष्काशित कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। छिटोमा असार १९ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा असार ३० गते निष्काशन बन्द हुनेछ।

यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखामार्फत वा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्।

ऋणपत्रका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले बैंकलाई ‘केयरएनपी सिंगल ए माइनस (CARE-NP A- Issuer Rating)’ प्रदान गरेको छ। उक्त रेटिङले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता उच्च रहेको संकेत गर्ने जनाइएको छ।

ऋणपत्रबाट प्राप्त हुने ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि प्रचलित कर कट्टी गरी लगानीकर्तालाई भुक्तानी गरिने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया