NIMB Header 2
Nepal Life

ग्लोबल स्मार्ट प्लस मार्फत दक्षिणा दिदा १० प्रतिशत क्यासब्याक, डिजिटल दक्षिणालाई प्रोत्साहन गर्दै बैंक

National Life
  • BFIS News
  • 2023 Oct 23 18:36
ग्लोबल स्मार्ट प्लस मार्फत दक्षिणा दिदा १० प्रतिशत क्यासब्याक,  डिजिटल दक्षिणालाई प्रोत्साहन गर्दै बैंक
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा प्रयाप्त नयाँ नोट उपलब्ध नगराउदै गर्दा ग्लोबल आइएमई बैंकले डिजिटल दक्षिणालाई प्रोत्साहन गर्दै भोलि टिकाको दिन विहान ११ बजेदेखि २ बजेसम्म ग्लोबल स्मार्ट प्लस एप मार्फत दक्षिणा दिदा १० प्रतिशत क्यासव्याक दिने भएको छ । 

Shikhar
NIMB

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ ।

बैंकको ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले विजया दशमी २०८० को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रुपमा पैसा पठाउँदा १० प्रतिशत (रु. १०० सम्म) बैंकको आफ्ना ग्राहकहरुलाई दक्षिणा स्वरुप तुरुन्तै क्यासब्याक पाउनेछन । ग्राहकहरुले पैसा पठाउँदा प्रोमोकोड “DAKSHINA” लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी समय सापेक्ष रुपमा बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकको दाबी छ ।

बैंकले ३५२ शाखा कार्यालय, ३७१ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको पनि जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया